fbpx
x

Search

नेपाल युवा परिषद र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बिच ५ बुदेँ सहमतीपत्रमा हस्ताक्षर सम्पन्न

राजधानीमा प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वबिद्यालय अवधारणा तथा पुस्तक बिमोचन कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री माननीय सुशिला सिर्पाली ठकुरी ज्यूको उपस्थितिमा दुई संस्था बिच सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सहमती पत्रमा हस्ताक्षर नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँ र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.का अध्यक्ष तिलक ढकालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न मन्त्रालयका पूर्व सचिव ज्यूहरुको पनि उपस्थिति रहेको थियो भने प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वबिद्यालयको अवधारणा प्रस्तुतकरण नेपाल सरकारका पूर्व सचिव एवं प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वबिद्यालय संयोजक डा. मान बहादुर बिकेले गर्नुभएको थियो ।

सहमती पत्रमा हस्ताक्षर नेपाल युवा परिषद र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बिचमा आगामी दिनहरुमा दुबै पक्षको हित, विकास र प्रबद्र्धनका लागि आफ्ना आफ्ना ज्ञान, शिप र क्षमता आदानप्रदान गर्ने, उद्धेश्य मिल्ने कार्यक्रमहरु कार्यन्वयन गर्दा आपसी सहमतिमा दुबै पक्षको लोगो तथा ब्रान्डीङ प्रयोग गर्ने, रैथाने ज्ञान, सिपहरुको प्रवर्धन, रैथाने कृषि बालीहरुको बजारीकरण र उपयोगका साथै कृषि र खाना पर्यटन प्रर्वधनमा संयुक्त रुपमा वकालत गर्ने, परम्परागत ज्ञान र सिपमा आधारित कला संस्कृति तथा प्रविधिहरुको खोज तथा अनुशन्धान गरी अभिलेखिकरण गर्ने र नेपाली युवाहरुको दक्षता तथा क्षमता बिकास, उद्यमशिलता बिकासका लागी तिनै तहका सरकारसंग सहकार्य गर्न संयुक्त र सयुक्त पहल गर्ने गरी ५ बुदाँमा हस्ताक्षर सम्पन्न भएको हो ।

नेपालका ६२ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आधारित छन् । कृषिले कूल राष्ट्रिय उत्पादनको करिब २७ प्रतिशत हिस्सा ओगटेको छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, वातावरण तथा स्वस्थ जीवन, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो ।

नेपाल जैविक सम्पदामा सम्पन्न मानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तन, वन विनास, आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावहरुका कारण समग्र जैविक विविधता अझ बिशेष गरी कृषि जैविक विविधतामा प्रतिकूल असर परेको छ । माटोको उर्वरा शक्तिमा ह्रास आएको छ । वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर परेको छ । त्यसै गरी हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरुमा पस्किने पन्च गुणीय तत्वले भरिपूर्ण मौलिक खाना तथा विविध परिकारहरु क्रमिक रुपमा हराउँदै गईरहेका छन् । हजारौ नेपाली युवाहरु रोजगारको खोजिमा बिदेशमा जानु पर्ने अवस्था रहेको छ ।

ह्रासोन्मुख हुँदै गएको रैथाने कृषि प्रणाली (वाली, घाँसे बाली, पशुपन्क्षि, कृषि किरा, कृषि शुक्ष्मजीवाणु, र जलीय कृषि) को लागि कृषि जैविक विविधता संरक्षण र प्रवर्धनमा ध्यान पु्र्याउन नसकिएमा कृषि पारिस्थितिकीय प्रणालीमा नै नकारात्मक असर पर्न गइ समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ यसै कुरालाई मध्यनजर गर्दै दुई संस्था बिच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको कुल जनसंख्याको ४३.५६ प्रतिशत हिस्सा ओगटेको युवा जमातलाई बिभिन्न तह र तप्कामा नेतृत्वदायी भुमिकामा ल्याउने उदेश्यका साथ युवा उद्यमशीलता, जलवायु परिवर्तन, युवा नेतृत्व, दिगो विकास लक्ष्य प्राप्ती, सुशासन, आन्तरिक पर्यटन तथा स्थानीय कलासंस्कृति र परिकारहरुको संरक्षण एवं सम्बर्धन, महिला सशक्तिकरण जस्ता बिषयगत कार्यक्रमहरु आयोजना गरी युवाहरुलाई उत्प्रेरण जगाउने उदेश्यका साथ युवाहरुद्धारा नै नेतृत्व गरेको ७ प्रदेश र ७७ जिल्लामा स्थापित एक मात्र युवा संस्था हो नेपाल युवा परिषद हो भने रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि भनेको रैथाने कृषि उपज तथा बस्तुहरु र मौलिक ज्ञान, सिपमा आधारित हस्तकलाहरुको संरक्षण, उत्पादन, प्रर्बद्धन, विस्तार र बजारीकरण गर्ने उद्देश्यले बहु आयामिक क्षेत्रमा क्रियाशिल विज्ञहरुको संलग्नतामा मिति २०७६ साल श्रावन २३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई काम गर्दै आइरहेको छ । यस कम्पनिमा ७ वटै प्रदेशका ४९ जना शेयर सदस्यहरु रहेका छन् । कम्पनीले रैथाने कृषि उपजहरुको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणका लागि कृषि समूह तथा अन्य सरोकारवाला संघ संस्थाहरुसंगको समन्वय र साझेदारीमा किसानहरुलाई ज्ञान, सीप र प्रविधि प्रदान गरी उत्पादनको उचित मूल्य उपलब्ध गराउने तथा उपभोक्तालाई सहज र सुलभ मूल्यमा गुणस्तरयुक्त कृषि उपज उपलब्ध गराउने रणनीति लिएको छ भने उत्पादक र उपभोक्ताबीच पुलको काम गरी दुबै पक्षलाई हित हुने र दुबै पक्षको जित हुने कार्य गर्दै आइरहेको छ । यस कम्पनिले हाल ७ वटै प्रदेश अन्र्तगत ५० जिल्लाका कृषि सहकारी, किसान समूहहरुसंग रैथाने कृषि उपजहरुको गुणस्तर उत्पादनका लागि सम्झौता गरी हाल ९ हजार भन्दा बढी किसानहरुबाट उत्पादित २५० भन्दा बढी प्रकारका रैथाने कृषि उपज तथा हस्तकलाका सामग्रीहरु संकलन, प्रवद्र्धन तथा प्रशोधन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपाल युवा परिषदले ७ प्रदेशमा आयोजना गर्न लागेको प्रदेश युवा सम्मेलन २०२३ मा र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.ले पनि सहकार्य गर्ने भएको छ ।

OUR PARTNERS