“दिगो बिकासका लागी युवा” भन्ने नाराका साथ लम्जुङ राइनस नगरपालिकाका दुइ बिद्यालयका कक्षा ८,९,११ र १२ का विध्यार्थीहरुको सहभागिता सहित ग्रीन सोसाइटी अस्कल र नेपाल युवा परिषद द्वारा १ दिने कार्यक्रम सम्पन्न भएको छ ।
दिगो विकास लक्ष्य (एसडिजी) को उदेश्य सन २०३० सम्ममा गरीबीको अन्त्य गर्नु हो । विश्वका नेताहरुले मानिस, पृथ्वी र समृद्दिको लागि एक कार्ययोजना तयार गरेका छन l चरम गरिबी लगायत गरीबीका सबै स्वरुप तथा आयामहरुको उन्मुलन गर्नु बिस्वको सबैभन्दा ठूलो चुनौती रहेको र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवस्यकता बनेको छ ।
यी १७ विकासका लक्ष्यहरुले सहस्राब्दी विकास लक्ष्य (एमडिजी)को उपलब्धीमा टेकेर त्यसबाट हासिल हुन नसकेको कुरालाइ पुरा गर्न खोजेका छन। सबैका लागि मानवाधिकार प्राप्त गर्ने सबै महिला तथा बालबालिकाका लागि लैङ्गकि समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उदेश्य रहेको छ । यी लक्ष्यहरु एकीकृत तथा अविभाज्य छन र तिनले दिगो विकासका तीन आयाम- आर्थिक, सामाजिक र वातावरण लाई सन्तुलित गर्दछन ।