
स्थानीय तह निर्वाचन २०७९ मा “निर्वाचन पर्यवेक्षकहरुले” गर्नुपर्ने कुराहरु
१. निर्वाचन आयोगबाट जारी भएको सम्पूर्ण आचारसंहिताहरुलाई आफुले पालना गर्दै, अन्य व्यक्तिहरुलाई पनि पालाना गर्न प्रेरित गर्ने गराउने ।
२. निर्वाचन अघि, निर्वाचनको दिन र मतपरिणाम नआउनजेल सम्म जिम्मेवारीपूर्वक निवर्चानलाई नजिकबाट पर्यवेक्षण गर्नु पर्ने ।
३. निर्वाचनको दिन बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म पर्यवेक्षण गर्न तोकिएको स्थानमा उपस्थित भई पर्यवेक्षण गर्ने र रिपोटिङ्ग गर्नुपर्ने ।
४. निर्बाचनको दिन निर्वाचन सुरु हुने बेला, निर्वाचनको अवधि र निर्वाचन सम्पन्न भए पछि तोकिएको स्थानको नाम सहित फोटो खिचेर #LocalLevelElection2079 #NYC2022 Hashtag को प्रयोग गरी सामाजिक संजालमा फोटो अपलोड गर्नुपर्ने ।
५. करिब १ देखि ३ मिनेटको भिडियो खिचेर नेपाल युवा परिषदलाई पठाउनुपर्नेछ ।
६. करिब १२ देखि १५ ओटा उत्कृष्ट फोटोहरु ेर नेपाल युवा परिषदलाई पठाउनुपर्नेछ ।
७. निर्वाचन समापन पश्चात नेपाल युवा परिषदले पठाएको अनलाईन फारम मार्फत रिपोटिङ्ग गर्नुपर्नेछ ।
Report Format: https://bit.ly/3vxjIJG