नेपाल युवा परिषदले “उद्यमी युवा समृद्ध देश : दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने नाराको साथ आयोजना गर्न लागेको राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि हुन इच्छुक भएका युवा साथीहरुको NYC Creative Space बाट सहभागी हुन पाउने भएका छन् । यस प्रतियोगितालाई केही पृथक बनाउनको लागि इच्छुक सहभागिहरुले राष्ट्रिय युवा सम्मेलन २०१९ लाई बिभिन्न आकर्षक ढंगबाट राष्ट्रिय युवा सम्मेलन २०१९ लाई मिल्ने खालको बिभिन्न प्रस्तुत गरी त्यसको फोटो खिची आफ्नो जानकारी सहित नेपाल युवा परिषदको आधिकारिक इमेलमा पठाउनु पर्ने हुन्छ ।

१. सहभागि युवा १८ देखि ३० बर्ष उमेर समुहको हुनुपर्दछ ।
२. सहभागीले कम्तिमा पनि १ एमवीको फोटो पठाउनुपर्ने हुन्छ । जहाँ राष्ट्रिय युवा सम्मेलन २०१९ झल्कने खालको बिभिन्न डिजाईनहरु हुनुपर्नेछ र NYC 2019 स्पष्ट रुपमा देखिने खालको चित्रहरुलाई कलात्मक तरिकाबाट प्रस्तुत गरेको हुनुपर्नेछ ।
३. सहभागिहरुले नेपाल युवा परिषदको फेसबुक पेजबाट शेयर गरी त्यस पोष्टलाई धेरै भन्दा धेरै लाईक, सेयर, कमेन्ट र ट्याग गराउनुपर्नेछ ।
४. सहभागिले अनिवार्य रुपमा नेपाल युवा परिषदको पेज लाइक गरेको हुनुपर्नेछ र पोष्ट पनि अनियवार्य रुपमा लाईक गरी कम्तिमा २० जनालाई ट्याग गरेको हुनुपर्नेछ । #NYC2019 Hashtag प्रयोग गरेको हुनुपर्दछ ।
तपाईको रचना पठाउने ईमेल: nyc.nationalyouthconference@gmail.com
अन्य जानकारी: ९८६०९००५४८ (9860900548)
#NYC2019 #SDGs #PYC2019 #VisitNepal2020 #IYD2019 #NYCNepal#NationalYouthConference2019