fbpx
x

Search

प्रेस बिज्ञप्ति : हार्दिक श्रद्धान्जली

प्रेस बिज्ञप्ति : हार्दिक श्रद्धान्जली

ताप्लेजुङको फुङलिङ नगरपालिका १० को दारेढुंगाको जंगलमा आज हेलिकप्टर दुर्घटनामा परी संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान गएको खबरले हामी स्तब्ध भएका छौं ।

हेलिकप्टरमा सवार मन्त्री अधिकारी, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर धु्रबदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी तथा मन्त्री अधिकारीको पिएसो अर्जुन कुमार घिमिरेको आत्मालाई चीर शान्तिको कामना र शोक संम्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस । यस दुखद घडीमा नेपाल युवा परिषद भावपुर्ण श्रद्धान्जली ब्यक्त गर्दछ ।

नेपाल युवा परिषद
मिति : २०७५ फागुन १५

 

सरोज बानियाँ
अध्यक्ष

OUR PARTNERS