काठमाण्डौं । नेपाल युवा परिषद र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्क बिच ३ बर्षे सहकार्यमामा राजधानीका आज एक कार्यक्रम बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँ र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवकका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलबिच काठमाण्डौ सहमती पत्रमा हस्ताक्षर गरी ३ बर्षे लामो सहकार्य सुरु भएको हो । नेपाल युवा परिषदले गर्ने हरेक कार्यक्रममा टेक्सस इन्टरनेशनल एजुकेशन नेटवकलाई नलेज पार्टनर (Knowledge Partner) भनि राख्ने र बिभिन्न बिधाहरुमा ५० प्रतिशत स्कलरसिपको समेत व्यवस्ता हुने गरी सहमती भएको हो । साथै उक्त स्कलरसीप आर्थिक रुपले पूर्णरुपमा अक्षम परिवारको सन्नततीले नेपाल युवा परिषदको सिफारिसमा पाउनेछ ।
